
मधेसखबर
वीरगन्ज,०१असार : बाराको कलैया उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुको सम्पति विवरण सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।
मआोवादी केन्द्रको कलैया उपमहानगरपलिका कमिटीले बुधबार मेयर विनोद साहलाइ ज्ञापन पत्र बुझाउदै नवनिर्वाचित जनप्रतिनिधीहरुको सम्पति विवरणा सार्वजनिक गर्न माग गरेको हो । कलैया उपहाानगरमा नवनिर्वाचित मेयर , उपमेयर , वडा अध्यक्ष , वडा सदस्य र कार्यपालिका सदस्यहरुको अहिलेको सम्पति विवरण सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको माओवादी केन्द्रका उपमहानगर अध्यक्ष मुकेश साहले बताए ।
यसका साथै उपमहानगरमा नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ नेपालको रास्ट्रीय गान सिकाउन र लेख्न कालागि आवश्यक बजेट विनियोजन गर्न पनि माओवादीले माग गरेको छ । यसैगरि समाजिक सुरक्षा भत्ताकोे रकम लाभग्राहीको घर घरमै पुगेर वितरण गरिदिने व्यवस्था मिलाइ दिन पनि माग गरिएको साहले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै मेयर साहले आफुले जनभावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नाथु साह लगायतको पनि उपस्थिति रहेको थियो ।

