Madhes Khabar
राष्ट्रिय

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्ष भित्रै तिर्न सकिन्छ

मधेसखबर
वीरगन्ज,२९जेठः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्ष भित्रै तिर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद तामाङले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि गाँजाको खेती र बिक्री वितरण खुल्ला गर्नुपर्ने माग गरे ।
उनले भनने,’ गाँजाबाट २ सय लिटरका ४ ड्रम सीभीडी यदि निकाल्ने हो भने यो मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर निर्माण गर्न सकिन्छ, त्यतिमात्रै होइन आज हामीलाई लागेको ऋण कमसे कम एक दुई वर्षमा नै तिर्न सक्ने अवस्थामा पुग्छौं ।’ गाँजा बारे आफूले उठाएको विषयलाई गम्भीर रूपमा लिन उनले आग्रह गरे ।
उनले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गरे । ’नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन् । यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ,’ उनले दाबी गरे, ’एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो । यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन् ।’
उनले भने, ’त्यसैले, यो गाँजाबाट बन्ने सीभीडी, सीभीडीबाट बन्ने औषधि र यसबाट वास्तवमा हामी प्राणघातक रोगहरूको उपचार गर्न सक्छौं , यो विश्वले अहिले प्रमाणित गरेर अगाडि आइसकेको विषय हो ।’

तत्कालका लागि गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनुपर्ने तामाङको भनाइ थियो । त्यसपछि औद्योगिक प्रयोजनका लागि पनि बहस हुनुपर्ने उनले बताए । साभार:कान्तिपुर

Related posts

मिटरब्याज पिडितहरुकाे समस्या समाधान गर्न सरकारले गठन गर्याे उच्चस्तरीय आयोग

MadhesKhabar

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

MadhesKhabar

कोशी टप्पु आरक्षका विस्थापितको समस्या समाधानका लागि पहल गर्छु : मन्त्री यादव

MadhesKhabar

Leave a Comment