
मधेसखबर
वीरगन्ज,२८जेठः महोत्तरीको जलेश्वरमा बोक्सीको आरोप लगाएर दुई महिला माथि निर्घात कुटपिट गरिएको छ ।
जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौली निवासी ५३ बर्षीया कालो देवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिहरुले बोक्सी आरोप लगाएर कुटपिट गरेका हुन् ।
स्थानीय सोमन भनिने सोमारी देवी सहितका व्याक्तिहरुले ती दुवै महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
दुबै महिलामाथि गत बिहीबार बिहान कुटपिट भएको प्रहरीले बताएको छ । बोक्सीको तन्त्रमन्त्र गरेर भूतप्रेत लगाएको भन्दै दुवै महिलालाई कुटपिट गरेको पाइएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीmले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्यहि ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी रहेका छन् । उनीहरु बिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरार भएका अन्यको खोजतलास भइरहेको प्रहरी निरिक्षक राइले बताए ।

