Madhes Khabar
कर्पोरेट

सेयर लगानीकर्ताहरुद्धारा सरकार विरुद्ध प्रदर्शन

मधेसखबर
वीरगन्ज, २७ जेठ: सेयर बजार लगानीकर्ताहरुले शुक्रबार काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताहरुको छ ।साभारः अनलाइनखबर

Related posts

सार्वजनिक हुँदै स्काइलाइन इन्फ्रा, सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने निर्णय

MadhesKhabar

बाराको विन्दबासीनी सहकारीको उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा सरस्वती सम्मानित

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment