Madhes Khabar
कर्पोरेट

सेयर लगानीकर्ताहरुद्धारा सरकार विरुद्ध प्रदर्शन

मधेसखबर
वीरगन्ज, २७ जेठ: सेयर बजार लगानीकर्ताहरुले शुक्रबार काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो । अब यो व्यवस्था खुकुलो बनाउनुपर्ने माग लगानीकर्ताहरुको छ ।साभारः अनलाइनखबर

Related posts

४३ कराेड महशुल नतिरेकाे हुलास स्टिलकाेपनि बिजुली लाइन काटियाे

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment