Madhes Khabar
कर्पोरेट

सार्वजनिक हुँदै स्काइलाइन इन्फ्रा, सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने निर्णय

वीरगन्ज,१४ वैशाखःवीरगन्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ। यहि वैशाख ११ गते वीरगन्जस्थित होटल सरोबरमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा बसेको साधरण सभाले कुल जारी पूँजीको २० प्रतिशत बराबर शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो। यससँगै आईपीओ निष्काशनसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने र संस्थापक समूहको बाँकी शेयर प्रिमियममा बिक्री गर्ने अधिकारसमेत प्रदान गरिएको छ।

कम्पनीले हाल वीरगन्जको आदर्शनगरमा बहुआयामिक ९ तले आधुनिक व्यावसायिक भवन सञ्चालनमा ल्याइसकेको छ। उक्त संरचनामा भुईँ तलामा ब्रान्डेड रिटेल पसलहरू, पहिलो तलामा क्यासिनो तथा दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा रहेका छन्।

तेस्रो तलादेखि माथिका तलाहरूमा सरोवर समूहको व्यवस्थापनमा चारतारे होटल सञ्चालन भइरहेको छ। करिब ६० कोठा क्षमताको उक्त होटलमा रेष्टुरेन्ट, बैंक्वेट हल, सभा–सम्मेलन कक्ष तथा रुफटप रेष्टुरेन्टजस्ता सुविधाहरू उपलब्ध छन्।

कम्पनीले ‘स्काइलाइन मॉल’ परियोजनालाई “थ्यगच ल्भध म्भकतष्लबतष्यल” का रूपमा विकास गर्ने लक्ष्य राख्दै आधुनिक व्यापारिक केन्द्र विस्तारमा जोड दिँदै आएको छ। यस परियोजनाले वीरगन्जलाई नयाँ व्यापारिक हबका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

कम्पनी २०८१ सालदेखि सञ्चालनमा आएको हो र आर्थिक वर्ष २०८१/८२ मा मुनाफामा पुगिसकेको जनाएको छ। कम्पनीको नेटवर्थ समेत सकारात्मक रहेको जानकारी दिइएको छ।

हाल कम्पनीको कुल जारी पूँजी १७५ करोड रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरिएको छ।

आईपीओ निष्काशनपछि कम्पनीको पूँजी विस्तार हुनुका साथै परियोजनाहरू थप मजबुत रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ।

Related posts

बाराको विन्दबासीनी सहकारीको उत्कृष्ट फिल्ड कर्मचारीका रुपमा सरस्वती सम्मानित

MadhesKhabar

वीरगन्जका दर्जनभन्दा बढी व्यपारिक फर्महरुमा राजश्व विभागकाे छापा

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment