Madhes Khabar
राष्ट्रिय

सरकारले भन्यो : जनतालाई सुशासनको प्रत्याभूति दिन केन्द्रित छौँ

काठमाडौं,२०असारः बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गरेका हुन्।

उनले भने, ‘संघीय मन्त्रालयहरुको बोझिलो संरचना रहँदै आएको थियो। २५ जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले बाचा अनुसार १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको कुरा यहाँहरुलाई अवगत नै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब २० अर्ब व्यावहारिक बचत हुने हामीले अनुमान गरेका छौँ।’

सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रुपमा रहेका ट्रेड युनियन खारेज गरेको बताए। यो निर्णयले समस्त निजामती कर्मचारी र आम नागरिकहरुलाई पनि सकारात्मक सन्देश गएको उनको भनाइ छ।

उनले भने, ‘सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवम् स्वच्छता कायम गर्न, सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक २०८३ पनि संघीय संसदमा हामीले पेश गरेका छौँ।’

मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको समेत उनले बताए।

Related posts

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

MadhesKhabar

गृहमन्त्रालय बारे निर्णय लिन रास्वपाले प्रचण्डलाई दियो दुई दिनको अल्टिमेटम

MadhesKhabar

नागरिकता पाएपछि ´खुशीकाे सीमा नाघेकाहरुकाे` कथा

MadhesKhabar

Leave a Comment