Madhes Khabar
शिक्षा

वीरगन्जमा बृहत शैक्षिक मेला आयोजना

मधेसखबर
वीरगन्ज,२७जेठः वीरगन्जमा शुक्रबार देखि बृहत शैक्षिक मेला शुरु भएको छ । आस्था नेपालको सहकार्यमा कृष्णा फाण्डेशनले वीरगन्जको होटल दियालो लर्ड्समा दुइ दिने शैक्षिक मेला आयोजना गरेको हो ।
शैक्षिक मेलामा भारत सरकारबाट मान्यता प्राप्त १५ वटा कलेजहरुको सहभागीता छ । मेलामा भिआईटि भेल्वर, एसआईएम युनिभर्सिटि, जैन युनिभर्सिटि बेङ्लोर, भिग्नानस् युनिभर्सिटि, सिम्बोसीस् युनिभर्सिटि, आन्ध्रा युनिभर्सिटि, सारदा युनिभर्सिटि, कर्नाटक कलेज, आर आर इन्स्ट्च्यिुट एसभीसेट, उत्तरान्चल युनिभर्सिटि लगायतका कलेजहरुको सहभागिता रहेको कृष्ण फाउण्डेशनका निर्देशक सुजित कुमार कर्णले जानकारी दिए ।
ती कलेजमा डिप्लोमा तहदेखि विद्यावारिधी सम्म अध्ययन गर्न चाहने नेपालका विधार्थीहरुलाई निःशूल्क परामर्श दिन र गुणस्तरीय शिक्षण संस्था छनौट गर्ने बारेमा जानकारी गराउने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको सुजित कर्णले बताए ।
मेलाको पहिलो दिन शुक्रबार दिउसो सम्म मात्रै पर्सा , बारा र रौतहटका गरि करिब १ हजार भन्दा बढि विधार्थी र तीनका अभिभावकले मेलामा आएर शिक्षण संस्था बारे परामर्श लिएको कृष्णा फाउण्डेशनका कर्णले जानकारी दिए ।
विहानको ९ बजेदेखि साँझको ६ बजेसम्म चल्ने मेलामा दुई दिनमा ४ हजारको हाराहारीमा विद्यार्थी र अभिभावकहरुले अवलोकन गर्ने अनुमान रहेको कर्णले बताए ।

Related posts

महानगरसँग सहमति भएसँगै वीरगन्जका शिक्षकहरुको आन्दोलन फिर्ता

MadhesKhabar

वीरगंज–२८ बगहीको एक सामुदायिक विधालयमा पंखा वितरण

MadhesKhabar

अनुशासन र अध्ययनमा अब्बल बन्दै रोयल एकेडेमीका विधार्थीहरु

MadhesKhabar

Leave a Comment