तस्बिर : नेपाल क्रिकेट संघ
मधेसखबर
वीरगन्ज,२४जेठः नेपालको , आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने सम्भावना सकिएको छ ।
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार थाइल्याण्डसंग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । नेपाल मंगलबार थाइल्याण्डसँग पराजित भएसँगै विश्वकप एसिया छनोटबाट बाहिरिएको हो।
मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपाल ४९ रनले पराजित भएको हो ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोडेको थियो।
जवाफी ब्याटिङ्मा उत्रेको नेपालले १९.५ ओभरमा अलआउट हुँदै ४० रन मात्र जोड्न सक्यो । प्रतियोगिताबाट बाहिरिएपनि बिहिबार नेपालले अन्तिम खेलमा मलेसियासँग खेल्नेछ। नेपाल ४ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।

