
मधेसखबर
वीरगन्ज,२१जेठः वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जका उद्योगी व्यवसायीसंग सहकार्य गरेर वीरगन्ज चिनी कारखाना सन्चालन गर्न सरकारलाइ सुझाव दिएका छन् ।
शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं साधरणसभाको उद्घाटन समारोहमा बोेल्दै मेयर सिंहले यस्तो सुझाव दिएका हुन् ।समारोहमा सहभागी संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मालाइ इंगित गर्दै मेयर सिंहले यहाका उद्योगी व्यवसायीसंग समन्वय र सहकार्य गरेर चिनी कारखनना सन्चालनको गृहकार्य गर्न सुझाव दिए । यसका साथै बन्द रहेका वीरगन्ज कृषि औजार कारखाना लगायतका अन्य उद्योगहरुलाइ सन्चालन गरि रोजगारी सृजना गर्न पनि उनले अर्थमन्त्री शर्मालाइ सुझाव दिए ।
नयाँ बजेटमा सरकारले वीरगन्जलाइ विभेद गरेको गुनासो पनि मेयर सिंहले गरे । संघीय सरकारले नयाँ बजेटमा फेरि वीरगन्जसंग सौतेनी व्यवहार गरेको भन्दै उनले चालु आर्थिक वर्षको तुलानामा आगामी आर्थिक वर्षका लागि सरकारले पाँच करोड रुपैयाँ कम बजेट पठाएको र अनुदानमा समेत कटौती गरेको बताए ।
देशको ढुकुटी भर्न सरकारले वीरगन्जबाट अर्बौ राजश्व उठाएर लैजाने तर बजेट दिने बेला कटौती गरेर दिएको देख्दा अच्चम लागेको उनले बताए ।

