वीरगन्ज,१४असारःपर्साको पटेर्वा सुगौली गाँउपालिकालेपनि आइतबार २२ औं राष्ट्रिय धान दिवस खेतमा धान रोपाइँ कार्यक्रम गरेर मनाएको छ ।
आइतबार पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मनिहर्वास्थित एक किसानको खेतमा गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारु, महिला समुहकी अध्यक्ष कृष्णावती देवी, गाँउपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य,कर्मचारी,स्थानीय महिला,किसान लगायतले धान रोपेका थिए ।
त्यसअवसरमा गाँउपालिका अध्यक्ष महत्तोले धान मुलुकको मुख्य बाली भएकाले यसको खेतीमा यान्त्रिकरण भित्रयाएर उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । किसान अन्न दाता भएकाले पालिकाले उनिहरुको समृद्धि र आर्थिक अवस्था उकास्नका लागि लागि परेको उनले बताइन् ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पनि गाँउपालिकाले कृषि र किसानलाई लक्षित थुप्रै योजनाहरु राखेको भन्दै उपाध्यक्ष महत्तोले भनिन्,‘अझ केहि अपुग छ जस्तो लाग्छ भने किसानहरुले हामीलाई सुझाउनु होला, हामी सम्बोधन गर्छौ।’


