Madhes Khabar
कृषि

भारतबाट पर्सामा तोरीको पनि तस्करी शुरु

मधेसखबर
वीरगन्ज,१९असार : भारतबाट नेपालमा अब तोरीको पनि तस्करी हुन थालेको छ । नेपालमा उत्पादन कम हुन थालेपछि भारतबाट तोेरी नेपाल तर्फ तस्करी हुन थालेकोे हो ।

यसैक्रममा पर्साको ठोरीबाट प्रहरीले तस्करी गरि ल्याइएको ठूलो परिमाणको तोरी बरामद गरेको हो । ठोरी गाउँपालिका वडा नम्बर ४ गोपीबस्ती स्थित एक घरमा भण्डारण गरि राखिएको १८ क्वीन्टल ५० केजी तोरी बरामद गरिएको पर्साका प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए ।

भारतबाट अवैध रुपमा ल्याइएको तोरी , भण्डारण गरि राखिएको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले १ लाख ८५ हजार रुपैया मुल्य बराबरको तोरी बरामद गरि आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको कार्कीले बताए ।

Related posts

मधेसका कृषिमन्त्री क्षेत्रीको प्रशंसनीय काम : करिब १३ सय महिलालाई रोजगारीको अवसर प्रदान

MadhesKhabar

वीरगन्जमा मल आइ पुग्न अझै दुई साता लाग्छ : कृषि सामाग्री कम्पनि

MadhesKhabar

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

MadhesKhabar

Leave a Comment