Madhes Khabar
कृषि

वीरगन्जमा मल आइ पुग्न अझै दुई साता लाग्छ : कृषि सामाग्री कम्पनि

प्रमोद यादव
पर्सा ,१८असार : वीरगन्ज स्थित कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा मल आइ पुग्न अझै दुई साता लाग्ने जनाएको छ ।

प्रादेशीक कार्यालय प्रमुख चन्द्र चौलागाईंले ओमान र इजिप्टबाट युरिया र डिएपी गरि ६० हजार मेट्रिक टन मल ल्याउन थालिएको र उक्त मल वीरगन्ज आइपुग्न अझै दुई साता लाग्ने बताएका हुन् ।

नेपाल सरकारले जी टु जी प्रकृया मार्फत इजिप्ट र ओमानबाट खरिद गरेको २० हजार मेट्रिक टन डिएपी र ४० हजार मेट्रिक टन युरिया मल नेपालको लागि हिंडिसकेको र यही असारको अन्तिम सम्म वीरगन्ज आइपुग्ने चौलागाइले बताए । उनले मल वीरगन्ज आउना साथ किसानलाइ वितरण हुने जानकारी पनि दिए । कार्यालय प्रमुख चौलागाईंले कृषि सामग्री कम्पनीमा अहिले मलको मौज्दात नै नभएको बताए ।

यस्तै वीरगन्ज स्थित साल्ट टे«डिङ कम्पनीमा भने दुई हजार बोरा मल मात्रै मौज्दात रहेका छ । कम्पनीका प्रमुख आमोज लामिछानेले डेढ महीना अघि ११ हजार बोरा डिएपी मल प्राप्त भएकोमा ९ हजार बोरा मल वितरण भइसकेको र दुई हजार बोरा मात्रै अहिले मौज्दात रहेको बताए ।

उनले मौज्दात रहेकाो उक्त दुई हजार बोरा मल असार १९ गते आइतवार देखि वितरण गरिने जानकारी पनि गराए । सरकारले विदेशबाट आयात गरेको मल , कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत बिक्री वितरण गर्दै आएको छ ।

तर यसपाली पनि धान बालीको सिजनमा मल नपाएपछि किसानहरु भने चिन्तित भएका छन् । अहिले मध्य असार सकि सक्दा पनि मलको अभावमा धानको रोपाइ पनि प्रभावित भइरहेको छ ।पर्साको सखुवा प्रसौनीका किसान विनोद यादवले धान रोपाइको समय गुज्रिन लाग्दा समेत मल नपाउदा किसानहरु छट्पटिएको बताए । यस्तो अवस्थामा पनि सरकारले कुनै खास पहल नगरेको गुनासो उनको छ ।

Related posts

बिरुवागुठीमा किसानको सहुलियतका लागि ६३ करोडको लागतमा अन्न भण्डारण गृह सञ्चालन

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

मधवन मथवलमा दुग्ध डेरी सन्चालनमा आएपछि किसानहरु खुसी

MadhesKhabar

Leave a Comment