Madhes Khabar
कृषि हेडलाइन

वीरगन्जको कोनियामा किसानलाई कृषि उपकरण वितरण

वीरगन्ज, ४ साउन : वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा किसानहरुलाई सिंचाईका लागि पानी तान्ने विद्युतीय मोटर र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरिएको छ । यस्तै त्यहाँ वृक्षारोपण पनि गरिएको छ ।धान पकेट विकास कार्यक्रम तथा समृद्विका लागि वन परियोजना कार्यक्रम अन्तर्गत कृषि उकपरण वितरणा र वृक्षारोपण गरिएकाो हो ।

बिहीबार आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले किसानहरुलाई १२ थान विद्युतीय मोटर र ३० थान स्प्रे ट्यांकी वितरण गरेका हुन् ।यस्तै उपमेयर आलमले उद्घाटन गरेको वृक्षारोपण कार्यक्रममा फलफुल प्रजातिका १ हजार वठा विरुवाहरु पनि रोपिएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर आलमले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परिरहेको बताए ।अहिले वर्षा नहुदाँ खेतीयोग्य जग्गा बाँझो भइरहेकाले त्यसैलाई मध्यनजर गरि सिंचाइका लागि विद्युतीय मोटर वितरण गर्नु परेको उपमेयर आलमले बताए । उनले भने,‘ जलवायु परिवर्तन हामीले रोक्न त सक्दैनौ तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौँ ।” ‘एक घर एक रुखको नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए ।

वीरगंज महानगरपालिकाको सहयोग तथा शान्ति सदभाव कृषक समूह र मेलमिलाप कृषक समूहे आयोजना गरेको कार्यक्रममा वडाअध्यक्ष , स्थानीयवासी लगायतको पनि सहभागीताा थियो ।

Related posts

वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे

MadhesKhabar

विपी उद्यानको जग्गा अन्य प्रायोजनमा प्रयोग नगर्न अदालतको आदेश

MadhesKhabar

वीरगंजको मानव सेवा आश्रमलाई मन्त्रि रिजालद्वारा गाडी हस्तान्तरण

MadhesKhabar

Leave a Comment