Madhes Khabar
राजनीति

एमाले जस्तै काँग्रेसलाइ पनि ठेगान लगाइ दिन सक्छौ – प्रचण्ड

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१८जेठ
:नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ठूलो पार्टी हुनुमा घमण्ड नदेखाउन आग्रह गर्दै अन्यथा एमालेको जस्तै ठेगान लगाइ दिने धम्की दिएका छन् ।
बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ,‘ चुनावमा ठूलो दल भएकोमा घमण्ड र अहङ्कार नदेखाउन कांग्रेसलाई आग्रह गर्छु , विगतमा एमालेलाई अहङ्कार आएको थियो अहिले कांग्रेसमा पनि एमालेको जस्तै अहङ्कार आउने हो कि भन्ने लाग्दैछ ।
अध्यक्ष प्रचण्डले कांग्रेसमा घमण्ड र अहङ्कार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाइ दिने बताए । प्रचण्डले भने ,‘ हिजो एमालेसँग गठबन्धन गर्दा उसलाई यति धेरै अहङ्कार आयो कि उसले नेतृत्वमा सबै हामी नै हो भनेजस्तो ग¥यो , हामी एमालेविरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुग्यौँ ,अहिले कांग्रेस पनि फेरि त्यस्तै होला कि भन्ने डर देखिएको छ , कांग्रेसमा पनि एमालेजस्तै अहङ्कार र दम्भ चुलिएर माओवादी केही नि होइन भन्यो भने उसलाई पनि एमालेलाई ठेगान लगाएजस्तै लगाउने दिन नआओस् ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई हल्का रूपमा नलिन काँग्रेस सहितका गठबन्धनका सहयात्री दलहरुलाइ चेतावनी पनि दिए ।
प्रचण्डले काठमाण्डौ र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताकले माओवादी केन्द्रलाई पाठ सिकाएको बताए । चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीकै जस्तो नारा दिएका कारण नागरिकले मत दिएको उनको भनाइ थियो ।

Related posts

रास्वपा छिट्टै ठूलो रूपमा खडा हुनेछः रवि लामिछाने

MadhesKhabar

कृषि , स्वास्थ्य र शिक्षामा सुधार गर्छु :स्वतन्त्र उम्मेदवार चन्द्रकिशाेर

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि

MadhesKhabar

Leave a Comment