
मधेसखबर
वीरगन्ज,१८जेठ :पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद) यादवले वीरगन्जलाइ सरकारले फेरि उपेक्षा गरेको गुनासो गरेका छन् ।
प्रतिनिधीसभा बैठकमा बुधबार नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट माथिको छलफलमा बोल्दै सांसद यादवले भने ,‘ अहिलेको गठबन्धन सरकारले पनि फेरि वीरगन्जलाइ उपेक्षा गरेको छ , ठगेको छ , बजेटमा कहि कतै वीरगन्जको नाम नै उल्लेख छैन ।
पहिले देखि नै वीरगन्ज सरकारबाट ठगिदै आएको भन्दै यादवले यसपाली पनि फेरि ठगिएको बताए
यादवले भने ,‘ वीरगन्जको आवाज कहिले सुनिएन , सधै ठगियो , किन कि वीरगन्जले राष्ट्रिय स्तरको नेता जन्माउन सकेन , वीरगन्जबाट राज्यले केवल लिने काम मात्र गरेको छ तर वीरगन्जलाइ दिने काम चाहि भएन ।
सुनको फुल (अण्डा ) दिने शहर वीरगन्जलाई कर मात्रै उठाउने तर केहि दिन भने नसक्ने सरकारले सदियौ देखि ठग्दै आएको उनले बताए ।
नयाँ बजेटमा मधेसको लाइफलाइन हुलाकी सडकका लागि थोरै मात्रै बजेट बिनियोजन गरेकोमा उनले असन्तुष्टी जनाए ।
वीरगन्जको ऐतिहासिक नारायणी रंगशाला जीर्ण भइ अहिले कोमामा गइसकेकोले त्यसको पुर्ननिर्माणका लागि बजेट बिनियोजन गर्न उनले सरकारसंग माग गरे । यदि संघीय सरकारले बनाउन सक्दैन भने स्थानीय वा प्रदेश सरकारको जिम्मामा दिए आफै बनाउने पनि उनले बताए ।
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका लागि पनि बजेटमा केहि नसमेटिएको प्रति आपत्ति जनाउदै उनले भने ,‘ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री देखि शीर्ष नेताहरु वीरगन्जमा पुग्दा औद्योगिक नगरी भनेर भाषण गर्नु हुन्छ तर आज सम्म वीरगन्जलाइ सरकारले औद्योगिक नगरी घोषणा गर्न सकेको छैन ।
निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने योजना , नयाँ बजेटमा समावेश भएकोमा सरकारलाइ धन्यवाद ज्ञापन गर्दै सांसद यादवले भने ,‘ सर्वाेच्च अदालतले निनजगढ विमानस्थल नबनाउन फैसला जुन गरेको छ त्यो फैसला मधेशमात्रै नभएर सिंगो मुलुकको समृद्धीको लागि बाधक छ ।
वन माफियाका कारण निजगढ बिमानस्थल बनाउन रोक लगाएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरे ।

