Madhes Khabar
मधेस प्रदेश

महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख सहयाेग

महाेत्तरी, २१बैशाख : महाेत्तरीकाे गौशाला नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। बुधबार नगरप्रमुख डा. दिपेन्द्र महतोले केन्द्रका अध्यक्ष डा. वैज्ञानिक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

नगरवासीकोतर्फबाट वैज्ञानिक डा पुनलाई सो रकम प्रदान गरिएको नगरप्रमुख डा. महतोले जानकारी दिए। नयाँ नयाँ सोच भएका युवाहरूलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको वस्तुहरूको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गरिएको नगरप्रमुख डा महतोले बताए।

आर्थिक वर्ष २०७९/८० को योजना तथा कार्यक्रममार्फत सो ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। आविस्कार केन्द्रलाई गरिएको आर्थिक सहयोगले देशको आर्थिक विकासमा समेत योगदान हुने बर्दिवास नगरपालिकाले विश्वास लिएको छ। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेस सरकारबाट बाहिरियाे जनमत पार्टी

MadhesKhabar

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

MadhesKhabar

एमालेसँगको गठबन्धनले जसपालाई ठुलो क्षति भयो : अध्यक्ष यादव

MadhesKhabar

Leave a Comment