Madhes Khabar
मधेस प्रदेश

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

मधेसखबर
वीरगन्ज ,०६माघ : माघ ५ गते बिहीबार बलिदानी दिवसका दिन प्रतिनधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका सांसदहरुले मधेसी शहिदहरुकाे अपमान गरेकाे नेपाली कांग्रेस मधेस प्रदेशले जनाएकाे छ ।

शुक्रबार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाकाे बिहीबारकाे बैठकमा मधेश आन्दोलनका सहिदहरूप्रति भएको अपमानको घटनाप्रति कांग्रेस मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘मधेस बलिदानी दिवस’का अवसरमा मधेस आन्दोलनका सहिदहरूको सम्मानका लागि प्रतिनिधि सभा सदस्य सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री प्रचण्ड लगायतका कतिपय सांसद ज्यूहरूले अवज्ञा गर्नु दु:खद भएकाे भन्दै कांग्रेसले यो घटनाबाट शासकहरूले मधेसका सहिदहरू प्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट भएकाे जनाएको छ।

मधेस आन्दोलनका सहिदहरू प्रति प्रधानमन्त्री प्रचण्ड लगायतबाट देखाइएको यो हठ्ठी रबैया मधेस र मधेसी जनताप्रतिको अपमान पनि भएकाे भन्दै कांग्रेसले यो घटना मधेसीजन विरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएकाे जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेकाका प्रधानमन्त्री प्रचण्ड लगायत केही मन्त्री र सांसद आसनबाट नउठेको घटनाले सत्ता र सत्तासिन राजनीतिक दलहरू अझैं पनि मधेस आन्दोलनलाई मान्यता दिन नचाहिरहेकाे प्रष्ट भएकाे कांग्रेसकाे ठहर छ।

बिहीबार प्रतिनिधि सभामा भएको घटनाप्रति दुख व्यक्त गर्दै कांग्रेस मधेस प्रदेशका सभापति यादवले आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री लगायत सम्बन्धित सबैलाई सचेत गराएकाे छ।

Related posts

मधेस प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवक घाइते

MadhesKhabar

मधेस प्रदेश सांसदको शपथ पुस १५ गते

MadhesKhabar

मधेस : सरकारी अनुदानको गहुँको बिउ नउम्रिएपछि १ सय १० बिघा खेत बाँझै

MadhesKhabar

Leave a Comment