Madhes Khabar
मधेस प्रदेश

मधेश प्रदेश सरकारको सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय समिति गठन

                                                                                     फाइल फोटो

वीरगन्ज,०२माघः मधेस प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।

मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव, उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव, गृह तथा सञ्चार मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका उप–सचिव छन् ।

नव गठित मधेश सरकारको शुक्रबार बसेको पहिलो मन्त्री परिषद्को बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवा प्रवाहमा देखिएको व्यथिति, त्रुटि, समस्या पहिचान गरि त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्य छिटोछरितो गर्नेगरी १५ दिन भित्र सुझाव पेश गर्नु पर्ने जिम्मेवारी दिइएको नवनियुक्त बिनाविभागीय मन्त्री सरोज यादवले जानकारी दिए ।साभार : अनलाइनखबर

Related posts

मधेस सरकारले प्रधानमन्त्री प्रचण्डलाई दियो ३० दिने अल्टिमेटमसहित आन्दोलनको धम्की

MadhesKhabar

मोटरसाइकल दुर्घटनामा पासवानको मृत्यु

MadhesKhabar

जग्गा माग्दै सुकुम्बासीद्धारा सडकमै सुतेर प्रदर्शन

MadhesKhabar

Leave a Comment