Madhes Khabar
मधेस प्रदेश

जग्गा माग्दै सुकुम्बासीद्धारा सडकमै सुतेर प्रदर्शन

मधेसखबर
वीरगन्ज,१५साउन : सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र चुरे क्षेत्र जोगाउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियन्ताहरुले जनकपुरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

 

सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्र बारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर जनकपुर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।

सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।

यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिल कुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरू रिले अनसन समेत बस्दै आएका छन् ।

 

यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् ।

Related posts

मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

MadhesKhabar

मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून

MadhesKhabar

सर्लाही ४ मा काँग्रेसकै उम्मेदवार रायलाई हराउदै अमरेश सिंह विजयी

MadhesKhabar

Leave a Comment