
रौतहट,४असोजःरौतहटमा बिहीबारराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका २६ वर्षीय रामजनम पासवान रहेका छन् ।
कटहरिया गम्हरीया सडकखण्डमा बिहीबारराति मधेस प्रदेश ०३–०२८ प ४९४१ नम्बरको मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि कटहरिया लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएको थियो ।त्यहि उपचारको क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता प्रहरी नायब उपरक्षिक एलिजा गिरीले जानकारी दिइन् ।

