Madhes Khabar
मधेस प्रदेश

जित पक्का भइसकेका राजेशमान र आलमको अग्रता झन फराकिलो बन्दै

मधेसखबर
वीरगन्ज,०९जेठ
:मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा जित पक्का भइसकेका सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहको अग्रता झन फराकिलो हुदै गइरहेको छ ।
महानगरको जारी मतगणनामा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सरावगीको भन्दा जसपाका उम्मेदवार राजेशमान सिंहले सोमबार अपरान्ह ४.३० बजे सम्म २० हजार २ सय ७३ मत बढि पाइसकेका छन् । जबकी अब ८ हजार ५ सय ३१ मत मात्रै बाँकी छ ।
निकट प्रतिद्धन्द्धी भन्दा राजेशमानले अग्रता लिएको मतको संख्या , अब गन्न बाँकी रहेको मत भन्दा दोब्बरले बढि भएका कारण राजेशमानको जित सुनिश्चित भइसकेको हो ।
कुल मतदान भएको ९३ हजार ७ सय ८२ मत मध्ये सोमबार अपरान्ह ४.३० बजे सम्म ८५ हजार ३१ मत गणना भइसकेको छ । यो अवस्थामा राजेशमानले ४१ हजार ६ सय २८ मत पाएका छन् उनका निकटतम प्रतिद्धन्द्धी सरावगीले भने २१ हजार ३ सय ५५ मत मात्रै ल्याएका छन् ।
तेश्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार गिरिश गिरीले भने ३ हजार ७२ मत पाएका छन् ।
वीरगन्ज महानगरको उपमेयरमा पनि जित सुनिश्चित भइसकेका गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमको पनि अग्रता थपिदै गएको छ ।
अब ८ हजार ७ सय ५१ मत मात्रै गन्न बाँकी रहदा गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलमले भने निकटतम प्रतिस्पर्धी भन्दा १८ हजार ६ सय ५४ मतको अग्रता लिइसकेका छन् ।
उपमेयरमा आलमले २५ हजार ४ सय ८१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ६८२७ मत मात्रै पाएका छन् । राप्रापकी विना जयसवालले ५ हजार १५ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ५ सय ७ मत पाएकी छन् ।

Related posts

‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय आदेश

MadhesKhabar

मधेस सरकारले स्वास्थ्य सामग्री खरिदमा ५२ कराेड भ्रष्टाचार गरेकाे खुलासा

MadhesKhabar

मधेस प्रदेशकाे वनमन्त्रीमा रमेश कुर्मी नियुक्त

MadhesKhabar

Leave a Comment