Madhes Khabar
राजनीति

सिम्रौनगढमा काँग्रेसको विरासत ढल्यो , मेयर उपमेयर दुवैमा लोसपा विजयी

माधुरी महत्तो
वीरगन्ज, ०६ जेठ
: बाराको सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर दुवै पद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ ।
यघिको निर्वाचनमा दुवै पद जितेको सिम्रौनगढमा नेपाली काँग्रेसको विरासत ढाल्दै लोसपाले जित हात पारेको हो । मेयरमा लोसपाका किशोरी प्रसाद कलवार र उपमेयरमा पनि लोसपाकै नजमु शेहर विजयी भएका हुन् ।
मेयरमा निर्वाचित कलवारले १११३७ मत ल्याउँदा निवर्तमान मेयर एंव कांग्रेसका उम्मेदवार विजयशंकर यादवले भने ९३११ मत मात्रै पाए ।
उपमेयरमा लोसपाकी शेहरले ९५७३ मत ल्याउँदा कांग्रेसकी रिता कुमारी देवीले भने ८०५० मत पाइन् ।

Related posts

लोसपा नेताहरु भन्छन् – वीरगन्ज अध्यक्ष सर्राफ नै हुन्

MadhesKhabar

सबै ठूला काण्डका फाइल खोलौं : कांग्रेस महामन्त्री थापा

MadhesKhabar

बारा – २ मा चुनावी रस्साकस्सी : शक्ति प्रयोग गर्दै उम्मेदवार

MadhesKhabar

Leave a Comment