Madhes Khabar
राजनीति

वीरगन्ज महानगरमा एमालेको पहिलो जित , ३१ नम्बर वडामा जितेन्द्र यादव विजयी

मधेसखबर
वीरगन्ज,०३ जेठ :
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र यादव विजयी भएका छन् ।
वीरगन्ज महानगरमा यो एमालेको पहिलो जित हो । यसअघि २ वटा वडाको अन्तिम नतीजा आउदा दुवै वडा जसपाले जितेकोमा वडा नम्बर ३१ मा जित हात पार्दै एमालेले पहिलो सफलता प्राप्त गरेको हो ।
मङगलबार बिहान सकिएको वडा नम्बर ३१ को मतगणनाको अन्तिम परिणाम अनुसार , वडा अध्यक्षमा एमालेका यादव विजयी भएका हुन् ।
यादव १३०७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी जसपाका १२७३ मत मात्रै प्राप्त गरे । यसअघि वडा अध्यक्षमा जितेका नेपाली काँग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५४९ मतका साथ तेश्रो स्थानमा रहे ।
यसअघि २०७४ को निर्वाचनमा उक्त वडामा काँग्रेसका चुमनदास चौधरी ७६५ मतका साथ निर्वाचित भएका थिए ।

Related posts

महाधिवेशनकाे तयारीका लागि पर्सामा जसपाकाे बैठक सम्पन्न

MadhesKhabar

पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

MadhesKhabar

जसपा नेपालले घोषणा गर्‍यो आन्दोलनको कार्यक्रम : वीरगन्जमा पुस १५ गते जनप्रदर्शन

MadhesKhabar

Leave a Comment