Madhes Khabar
राजनीति

वीरगन्ज महानगरमा एमालेको पहिलो जित , ३१ नम्बर वडामा जितेन्द्र यादव विजयी

मधेसखबर
वीरगन्ज,०३ जेठ :
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र यादव विजयी भएका छन् ।
वीरगन्ज महानगरमा यो एमालेको पहिलो जित हो । यसअघि २ वटा वडाको अन्तिम नतीजा आउदा दुवै वडा जसपाले जितेकोमा वडा नम्बर ३१ मा जित हात पार्दै एमालेले पहिलो सफलता प्राप्त गरेको हो ।
मङगलबार बिहान सकिएको वडा नम्बर ३१ को मतगणनाको अन्तिम परिणाम अनुसार , वडा अध्यक्षमा एमालेका यादव विजयी भएका हुन् ।
यादव १३०७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी जसपाका १२७३ मत मात्रै प्राप्त गरे । यसअघि वडा अध्यक्षमा जितेका नेपाली काँग्रेसका उम्मेदवार चुमनदास चौधरी भने ५४९ मतका साथ तेश्रो स्थानमा रहे ।
यसअघि २०७४ को निर्वाचनमा उक्त वडामा काँग्रेसका चुमनदास चौधरी ७६५ मतका साथ निर्वाचित भएका थिए ।

Related posts

जसपा नेपालले सरकार छाड्ने बारे भोलि औपचारिक निर्णय गर्छ : प्रवक्ता सुमन

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउन महिलाहरु घरदैलोमा

MadhesKhabar

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

MadhesKhabar

Leave a Comment