
मधेसखबर
वीरगन्ज, ०१ जेठ : स्थानीय तह निर्वाचन अन्तर्गत पर्सामा जारी मतगणनामा आइतबार बेलुकी सम्म १० वटा वडाको अन्तिम नतीजा सार्वजनिक भएको छ । जस मध्ये काँग्रेसले ४ , एमालेले ४ र जसपाले २ वडा अध्यक्ष जितेको छ ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गरेका हुन् ।उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका हुन् ।
पर्साको धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित हुनु भएको छ । तेलीले ५ सय ७४ मत पाउनु भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाएका हुन् ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा काँग्रेसका सोनालाल साह गोढ विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार बुनिलाल राउत कुर्मी उम्मेदवारले ३८७ मत मात्रै प्राप्त गरे ।
पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद यादव विजयी भएका छन् ।५७० मतका साथ उनी वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मनोज रााउत अहिरले ५४२ मत मात्रै प्राप्त गरेका छन् ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका प्रमोद गिरी विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार राजु गिरीले २६७ मत मात्रै प्राप्त गरे ।
पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन् । उनले ६५१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाए ।
पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामशरण खवास विजयी भएका छन् । १ हजार २ सय ८८ मतका साथ वडा अध्यक्षमा खवास निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार शेख नुमान आजमले ९ सय ३३ मत मात्रै प्राप्त गरेका छन् ।
पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका फरमान मिया निर्वाचित भएका छन् । मिया ५२३ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सुलेमान मिया दर्जीले ३८४ मत प्राप्त गरेका छन् ।
पर्साको बिन्दबासनी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका अक्षयलाल महतो निर्वाचित भएका छन् । महत्तो ३७९ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार सागीर मियाले भने २७१ म्त मात्रै प्राप्त गरेका छन् ।
पर्साको धोबीनी गाँउपालिका वडा नम्बर २ को वडाअध्यक्षमा जसपाका देवेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन् । कुर्मी ८७५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली एमालेका उम्मेदवार नन्दलाल प्रसाद पटेलले ४९१ मत प्राप्त गरेका छन् ।

