Madhes Khabar
रोचक दुनियाँ

मतदाताका घर घरमा मासुको पोका वितरण

फाइल तस्वीर

क्रान्ति शाह
वीरगन्ज, २९ बैशाख :
वीरगन्जका एक उद्योगपतिको गाडी चलाउदै आएका छपकैयाका हरिनाथ सर्राफलाइ बुधबार दिउँसो घरबाट श्रीमतिले फोन गरेर तीन पाउ कुखुराको मासु ल्याउन भनिन् । श्रीमतिको फोन आएपछि मासु किन्न पसलमा पुगे लगत्तै सर्राफलाइ फेरि श्रीमतिले फोन गरेर भनिन् , मासु नल्याउनु होला , चुनाव लडेका नेताले टोलका घरघर मा मासु बाडेका छन् , एक किलो खसीको मासु हाम्रो घरममा पनि दिएर गएका छन् ।
यसपाली प्रहरी प्रशासनले भोज भतेरमा पहिलेको चुनावको भन्दा धेरै कडाइ गरेको छ , वीरगन्ज ११ रानीघाटका एक राजनीतिक दलका अगुवा नेताले भने ,‘ त्यसैले भोज भतेर गर्दा पुलिसले पक्डने रिक्स ( खतरा) बढि भएकाले यसपाली एक एक किलो मासुको पोका नै घर घरमै पठाइदिएका छौ , यसमा रिक्स पनि त्यति छैन । आफनो वाड मात्र नभइ छिमेकका अरु वाड पनि आफनो पार्टीले मतदाताको घरहरुमा खसीको मासु बुधबार साँझ बाँडेको उनले बताए ।
यसअघिका चुनावको पुर्व सन्ध्यामा मतदातालाइ प्रभावित पार्न दल र उम्मेदवारहले टोल टोलमा भात, मासु र रक्सीको भोज भतेर गर्दै आएकोमा यसपालीको निर्वाचनमा भने त्यो चलन फेरिएको छ ।
मौन अवधी शुरु भइसकेकाले निर्वाचन आयोग र प्रहरी प्रशासनले भोज भतेरमा बन्देज लगाउनुका साथै अनुगमनमा कडाइ गरेका कारण वीरगन्जमा दल र उम्मेदवारहरुले भोज भतेर गर्न छाडेर मतदाताहरुको घर घरमा खसी र कुखुराको मासु पोका पारेर बाडि रहेका छन् ।
शुक्रबारको स्थानीय तह निर्वाचनको लागि मङगलवार राति देखि मौन अवधी शुरु भइसकेको भएपनि दल र उम्मेदवारहरुले मतदातालाइ आफनो पक्षमा पार्नका लागि मौन अवधीमै व्यापक रुपमा निर्वाचन आचार संहिताको उल्लंघन गरेका छन् ।
मतदातालाइ प्रभावमा पार्न दल र उम्मेदवारहरुले मतदाताको घर घरमा मासु बाडिरहेका छन् ।
त्यीह कारण वीरगन्जका हरेक मासु पसलमा अहिले बगरेहरुलाइ खसी र कुखुरा काटट्न भ्याइ नभ्याइ छ ।
दल र उम्मेदवारहरुले मतदाताको घर घरमा मासु बाड्न थालेपछि बगरेले मासुको भाउ पनि बढाएका छन् । तीन दिन अघि सम्म वीरगन्जमा कुखुराको मासुको भाउ प्रति केजी ३ सय ६० देखि ४ सय रुपैया थियो । तर बुधबार देखि ५ सय रुपैयाको भाउमा बिक्री भइरहेको छ ।
यस्तै खसीको मासु पनि केजीमा १ सयले बढेर केजीको ११ सय रुपैया पुगेको छ ।
भाउ बढ्दा पनि उपभोक्ताहरुले मासु पसलमा सहज रुपमा मासु पाइ रहेका छैनन् ।
वीरगन्ज १० घडीअर्वाका घनश्याम गुप्ताले भने ,‘ बुधबार खसीको मासु किन्न जादा मासु नै पाइएन , पसलेले आज मासु छैन भन्यो , जब कि म त्यो पसलको नियमित ग्राहक हु ।

Related posts

अनन्त अम्बानीले बिहेमा लगाएको शेरवानीको मूल्य २१४ करोड भारु

MadhesKhabar

वीरगन्ज नाकाबाट कुकुरको पनि तस्करी भइरहेको खुलाशा

MadhesKhabar

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध

MadhesKhabar

Leave a Comment