
मधेसखबर
वीरगन्ज, २९ बैशाख :पर्साको पोखरीया नगरपालिकामा नेपाल सुशासन पार्टीको मेयरका उम्मेदवार शंकर प्रसाद यादव सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका छन् ।
पोखरीया नगरपालिका वडा नम्बर ४ पोखरीया बजारमा बुधबार दिउँसो बा १९ च ४१९८ नम्बरको कारले ठक्कर दिदा यादव घाइते भएका हुन् । सडक छेउमा स्थानीयसंग कुराकानी गरिरहेका बेला यादवलाइ , कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट यादवको दुवै खुट्टा , हात र छातीमा चोट लागेको छ ।
कारले ठक्कर दिने बित्तिक्कै यादवलाइ स्थानीयले उद्धार गरि नजिकैको पोखरीया अस्पतालमा पुरयाएका थिए । त्यसपछि उनलाइ थप उपचारका लागि वीरगन्ज स्थित अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
वीर्ता स्थित अर्थो पोलो ट्रमा सेन्टरमा उपचार गराइ बुधबार राति घर फर्किएको घाइते यादवले बताए ।
ठक्कर दिने कार र त्यसका चालक बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकावल घर भएका ४५ वर्षिय रिद्धिमणि उपाध्यायलाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

