Madhes Khabar
समाचार

तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा थप २४ जना पक्राउ

काठमाडौं,१९चैतः काठमाडौँको तीनकुने क्षेत्रमा गत चैत १५ गते शुक्रबार हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा थप २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीनकुने क्षेत्रमा भएको राजातन्त्रवादीहरुको आन्दोलनमा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ’उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।’ उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related posts

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

MadhesKhabar

खानेपानीमन्त्री यादवको दाबीः काठमाडौंमा एक साताभित्र मेलम्चीको पानी

MadhesKhabar

जनकपुरबाट भैरहवा जादै गरेको बस दुर्घटना ,९ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment