Madhes Khabar
समाचार

वीरगन्ज भन्सारबाट १० लाख रकमसहित एक युवक पक्राउ

वीरगन्ज,११चैतःवीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको १० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षिय प्रदीपकुमार साह रहेका छन् ।

रक्सौलबाट वीरगन्ज आँउदै गरेको बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट श्रोत खुल्न नसकेको नगद १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिए ।

बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले बताए ।

Related posts

विधुत प्राधिकरण कर्मचारी संघको उपाध्यक्षमा पर्साका कर्णले पनि दिए उम्मेदवारी

MadhesKhabar

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

मधेश प्रदेशमा प्रथम मधेश प्रदेश युवा महोत्सव आयोजना

MadhesKhabar

Leave a Comment