Madhes Khabar
रोचक दुनियाँ

सिम्रौनगढमा अनौठौ चुनावी नारा – उपमेयर जिते ५ वर्ष निशुल्क सैलुन सेवा उपलब्ध गराउछु

निशुःल्क सैलुन सेवा उपलब्ध गराउने घोषणा गरेका उपमेयरका उम्मेदवार गजेन्द्र प्रसाद कुशवाहा ।

माधुरी महत्तो
वीरगन्ज, २० बैशाख
: विगतको चुनाव भन्दा यो चुनावको प्रचार शैली पनि फेरिएको छ ।विगतको निर्वाचनमा एउटा दलबाट लडेका उम्मेदवारले अहिले भने दल पनि फेरेका छन् । यति मत्र होइन उम्मेदवारहरुको भोट माग्ने नारा र वाचा पनि विगतको भन्दा फेरिएको छ ।
जसको उदाहरण बाराको सिम्रौनगढमा एक उम्मेदवारले फरक खालको चुनावी नारा घोषणा गरेर मत मागि रहेका छन् । उनको चुनावी नारा सुन्दा नै अनौठो लाग्छ ।
प्राय अधिकांश उम्मेदवारले गाँउ टोलमा विकासको बाढि नै ल्याइ दिने , भ्रष्टचार अन्त्य गरिने जस्ता चुनावी नारा दिइरहेका छन् ।
तर बाराको सिम्रौनगढ नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गजेन्द्र प्रसाद कुशवाहाले आफुले चुनाव जितेमा पाँच वर्षको कार्यकालभरि नगरपालिकाले निशुल्क सैलुन सेवा (कपाल र दाढी काट्ने ) दिने घोषणा गरेका छन् ।
सोमबार सिम्रौनगढ नगरपालिकामा नेकपा एसले आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै उपमेयरका उम्मेदवार कुशवाहाले उपमेयरमा जितेमा नगरवासीका लागि निशुल्क सैुलन सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
कुशवाहाले भने ,‘ यदि जनताले मलाइ उपमेयरमा जिताउनु भयो भने आफ्नो पाच वर्षको कार्यकालभर पुरै सिम्रौनगढवासीका लागि निःशुल्क कपाल र दाढी काट्ने सेवा उपलब्ध गराउछु, त्यसका लागि आवश्यक हजाम (कपाल दाढी काट्ने ) हरुको प्रबन्ध मिलाउने छु ।
उनको घोषणा सुनेर कार्यक्रममा सहभागी स्थानीयले जोड् जोड्ले ताली पनि पिट्दै समर्थन पनि जनाए ।
चुनावी सभामा कुशवाहाको यो चुनावी नारा घोषणामा मात्र सिमित पनि रहेन , लगत्तै कुशवाहाले कार्यक्रमको मन्चमा एक जना मतदातालाइ बोलाएर हजामबाट दाढी काट्न पनि लगाइ दिए ।
नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष रमेश कुमार पन्जालीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बतहु यादव , स्थानिय नेता नवल किशोर पटेल ,लक्ष्मी महतोले पनि सम्बोधन गरेका थिए ।

Related posts

हात्ती सुन्दरीकाे उपाधि `सेल्फीकली´ लाई

MadhesKhabar

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

MadhesKhabar

देउवाको ज्योतिषीको सल्लाह : चुनावका लागि उत्तम समय मंसिर ४ गते

MadhesKhabar

Leave a Comment