
माधुरी महत्तो
वीरगन्ज ,२० बैशाख : बारामा प्रहरीले लागुपदार्थ सहित ३ जनालाइ पक्राउ गरेको छ ।
कलैया उप–महानगरपालिका वडा नंबर १० मटिअर्वाबाट प्रहरीले पर्साका ६६ वर्षिय बृद्धलाइ ५ किलोग्राम गाजा सहित पक्राउ गरेको छ ।
नेपालबाट भारत गइरहेका पर्साको विन्दवासीनी गाँउपालिका २ का ६६ वर्षिय जंगाली मुखीया बिनलाइ प्रहरीले मटिअर्वा स्थितशिवमन्दिर स्थित सडकबाट गाजा सहित पक्रेको हो ।
शंकास्पद अवस्थामा पैदल जादै गरेका बिनलाइ प्रहरीले रोकेर चेकजाच गर्दा उनको शरिरमा प्लाष्टिकको पोका बनाएर लुकाएको अवस्थामा ५ किलोग्राम गाजा बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
गाजा सहित पक्राउ परेका बिनलाइ लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए ।
बारामै प्रहरीले लागु औषध इन्जेक्सन सहित २ जना युवकलाइ पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौडा उपमहानगरपालिका .२ कान्तिराज पथ बस्ने २८ वर्षिय निरज प्रसाद बनिया र भारत बिहारको बेतिया ग्रामपंचायत मन्साटोल घर भई हाल हेटौडा २ बस्ने ३० वर्षिय फिरोज अन्सारी रहेका छन् । दुवै जनालाइ प्रहरीले बाराको विश्रामपुर गाउँपालिका ३ मुसहर्वाबाट पक्राउ गरेको हो ।
भारतबाट ना.३५ प २०४ नंबरको मोटरसाइकलमा सवार भइ आइरहेका बेला प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लागुऔषध नुर्फिन १५ पिस, फेनरागन १५ पिस र डाइजेपाम १५ पिस बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा ७ दिनको म्याद अनुमित लिई थप अनुसन्धान भईरहेको थापाले बताए ।

