Madhes Khabar
समाज

१२ वर्षिया बालिकालाइ बलात्कार गरेर फरार रहेका अन्सारी पक्राउ

पक्राउ परेका अफरोज अन्सारी

माधुरी महत्तो
वीरगन्ज , २० बैशाख
: बारामा १२ वर्षिया एक नाबालिकालाइ जबरजस्ति करणी गरेर फरार रहेका युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलका २० वर्षिय अफरोज अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार , बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ कि १२ वर्षिया नाबालिका बैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा उनलाइ अन्सारीले बाटोबाटै अपहरण गरि एकान्त स्थानमा लगेर जबरजस्ति करणी गरेका थिए ।
त्यसपछि अन्सारीले ती नाबालिकालाइ अन्सारीले काठमाण्डौ लगेर आफनो कोठामा बन्धक बनाएर राखेका थिए ।
पिडित बालिकाका अभिभावकले घटना बारे प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पिडित नाबालिकालाइ अन्सारीले काठमाण्डौको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उद्धार गरेको थियो ।
फरार रहेका अन्सारीलाइ भने लुकिछिपी बसेको अवस्थामा बैशाख १७ गते पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका अन्सारी विरुद्ध अपहरण शरीर बन्धक तथा जवर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ७ सातको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको थापाले बताए ।

Related posts

ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

MadhesKhabar

ठाेरीका युवाहरुकाे फरक शैलीमा दशैं : आश्रममा ५७ हजारको सामग्री र नगद सहयाेग गर्दै खुशी साटासाट

MadhesKhabar

बारामा ५६ वर्षिया महिलालाइ सामुहिक बलात्कार गर्ने दुइ बालक पक्राउ

MadhesKhabar

Leave a Comment