Madhes Khabar
शिक्षा

शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउछु – राजेशमान सिंह

माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख
:वीरगन्ज महानगरमा सत्तागठबन्धनका तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंहले बौद्धिक वर्गसँग समन्वय गर्दै महानगरको विकास गर्नका लागि आफुले मेयर उम्मेदवारी दिएको बताएका छन् ।
जसपा निकटको संघीय शिक्षक फोरम नेपालले गठबन्धनका उम्मेदवारलाइ जिताउन शनिबार वीरगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै सिंहले भने ,‘ म जितेपछि वीरगन्ज महानगरको विकासका लागि बौद्धिक वर्गसंग पनि निरन्तर समन्वय गरेर अगाडि बढ्नेछु ।
महानगरको शैक्षिक क्षेत्र अस्तव्यस्त अवस्थामा रहेको भन्दै उनले अब आफु नेतृत्वमा पुगेपछि शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाए ।
उनले केहि शैक्षिक माफियाहरुका कारण शिक्षा क्षेत्र धराशायी भएकाले त्यस्ता तत्वहरुको हालीहुमाली अन्त्य गर्न गठनबन्धनका उम्मेदवारलाइ जिताउन शिक्षकहरुसंग आग्रह पनि गरे । उनले महानगरका सामुदायिक विद्यालयहरुमा लाग्दै आएका सबै शुल्क हटाएर शिक्षा सबैको पहुँचमा पुरयाउने प्रतिबद्धता पनि जनाए ।
संघीय शिक्षक फोरम नेपाल वीरगञ्ज महानगर समितिका अध्यक्ष गया प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादव, नेपाली कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार इम्तियाज आलम, जसपाका केन्द्रिय सदस्य जनार्दन प्रसाद यादव, कांग्रेस नेता श्याम पोखरेल, प्रकाश उपाध्याय, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जमा एसईईको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन

MadhesKhabar

वीरगन्जका निजी विद्यालयका लागि १० बुँदे निर्देशन जारी,पालना नगरे महानगरले लाइसेन्स नै रद्ध गर्ने

MadhesKhabar

पटेर्वासुगौली गाँउपालिका शिक्षक संघको अध्यक्षमा सुनिता चौधरी चयन

MadhesKhabar

Leave a Comment