Madhes Khabar
Uncategorized

हावाहुरीले पर्सामा ठूलो धनमालको नोक्सानी , कुखुरा फर्ममा आगलागी हुदा ५१ लाख क्षति

माधुरी महत्तो वीरगन्ज, १७ बैशाख ः शुक्रबार रातिको हावाहुरीले वीरगन्ज सहित पर्सामा करोडौंको भौतिक क्षति गरेको छ । शुक्रबार राति हावाहुरीसंगै पानी परेका बेला आगलागी हुदा र हुरीले घरहरुको छना उडाउदा साढे दुइ करोड भन्दा बसढको क्षति भएको छ । पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ गुलरीयामा शुक्रबार राति हावाहुरी चलेका बेला कुखुरा फर्ममा आगलागी भएको छ । गुलरियामा प्रभु रामको रिकुं पोल्ट्री फर्ममा शुक्रबार राति पौने ९ बजे आगलागी हुदा ५१ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ े ।आलगागीबाट कुखुरा र्फम जल्दा ८ हजार वटा कुखुरा , सोलार ३ थान , ब्याट्री २ थान , कुखुराको दाना १ सय १३ बोरा, धान २० बोरा, आलु ५ बोरा, प्याज–१० बोरा र नगद नगद ३ लाख, रुपैया जलेर नष्ट भएको हो । प्रहरी चौकी आसबारीबाट गएको प्रहरीले स्थानीयको सहयोगमा राति सवा १० बजे आगो निभाएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । नजिकैको गहुँ खेतमा ठुटा जलाउन लगाएको आगो , हावाहुरीका कारण कुखुरा फर्ममा सल्किन गई आगलागी भएको प्रहरीको भनाइ छ । शुक्रबार रातिको हावाहुरीले वीरगन्जमा पनि भौतिक क्षति गरेको छ । रातिको हावाहुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित मुस्लिम टोलमा ५ वटा घरको छानाको जस्तापाता उडाएको छ । प्रहरस्का अनुसार , स्थानीय जेनउलाह मिया, अम्जद अली, रहमतुल्लाह मिया, फौजिल मिया र ईजाहर हुसेन अन्सारीको घरको छानाको जस्तापात हावाहुरीले उडाएको हो । त्यसबाट करिब साढे ३ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ्यस्तै वीरगन्ज वीरगन्ज हेल्थकेयर हस्पिटलमा पनि हावाहुरी चलेकै बेला विद्युत सर्टर भएर आगलागी हुदा पौने २ करोडको करोडौको क्षति भएको छ ।फाइल तस्वीर

Related posts

काँग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई गगन थापाको आग्रहःपार्टिको निर्णय हाल मानौँ

MadhesKhabar

नीजी विधालयको मनोमानी विरुद्ध शनिबार वीरगन्जमा अभिभावकहरुले जुलुश निकाल्ने

MadhesKhabar

प्रेमको नाटक गरेर २५ लाख भन्दा बढी ठगी गर्ने युवती प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment