
माधुरी महत्तो वीरगन्ज, १७ बैशाख ः शुक्रबार रातिको हावाहुरीले वीरगन्ज सहित पर्सामा करोडौंको भौतिक क्षति गरेको छ । शुक्रबार राति हावाहुरीसंगै पानी परेका बेला आगलागी हुदा र हुरीले घरहरुको छना उडाउदा साढे दुइ करोड भन्दा बसढको क्षति भएको छ । पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ गुलरीयामा शुक्रबार राति हावाहुरी चलेका बेला कुखुरा फर्ममा आगलागी भएको छ । गुलरियामा प्रभु रामको रिकुं पोल्ट्री फर्ममा शुक्रबार राति पौने ९ बजे आगलागी हुदा ५१ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ े ।आलगागीबाट कुखुरा र्फम जल्दा ८ हजार वटा कुखुरा , सोलार ३ थान , ब्याट्री २ थान , कुखुराको दाना १ सय १३ बोरा, धान २० बोरा, आलु ५ बोरा, प्याज–१० बोरा र नगद नगद ३ लाख, रुपैया जलेर नष्ट भएको हो । प्रहरी चौकी आसबारीबाट गएको प्रहरीले स्थानीयको सहयोगमा राति सवा १० बजे आगो निभाएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । नजिकैको गहुँ खेतमा ठुटा जलाउन लगाएको आगो , हावाहुरीका कारण कुखुरा फर्ममा सल्किन गई आगलागी भएको प्रहरीको भनाइ छ । शुक्रबार रातिको हावाहुरीले वीरगन्जमा पनि भौतिक क्षति गरेको छ । रातिको हावाहुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित मुस्लिम टोलमा ५ वटा घरको छानाको जस्तापाता उडाएको छ । प्रहरस्का अनुसार , स्थानीय जेनउलाह मिया, अम्जद अली, रहमतुल्लाह मिया, फौजिल मिया र ईजाहर हुसेन अन्सारीको घरको छानाको जस्तापात हावाहुरीले उडाएको हो । त्यसबाट करिब साढे ३ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ्यस्तै वीरगन्ज वीरगन्ज हेल्थकेयर हस्पिटलमा पनि हावाहुरी चलेकै बेला विद्युत सर्टर भएर आगलागी हुदा पौने २ करोडको करोडौको क्षति भएको छ ।फाइल तस्वीर

