Madhes Khabar
Uncategorized शिक्षा

नीजी विधालयको मनोमानी विरुद्ध शनिबार वीरगन्जमा अभिभावकहरुले जुलुश निकाल्ने


फाइल फोटो

 

मधेसखबर
वीरगन्ज,१७असार : वीरगन्जका नीजी विधालयहरुको शुल्क वृद्धि लगायतका मनोममानी विरुद्ध आन्दोलनरत अभिभावकहरुले शनिबार जुलुश प्रदर्शन गर्ने भएका छन् ।

नीजी विधालयले मनोमाननी ढंगले शुल्क वृद्धि गरेपछि संगठीत भएका अभिभावकहरुले अभिभावक संघर्ष समिति गठन गरेका छन् । उक्त संघर्ष समितिले नै वीरगन्जमा शनिबार अपरान्ह ४ बजे नीजी विधालयहरुको मनोमानी विरुद्ध शान्तिपूर्ण रयाली निकाल्ने जनाएको हो ।

संघर्ष समितिका संयोजक सन्दिप साहले शुक्रबार सामाजिक सन्जाल फेसबुक मार्फत एक अपिल जारी गर्दै शनिबारको जुलुशमा सहभागी भइ दिन वीरगन्जका सम्पूर्ण अभिभावकहरुसंग अनुरोध गरेका छनन् । शनिबार अपरान्ह ४ बजे घण्टाघर चोकबाट निकालिने शान्तिपूर्ण रयालीले नगर परिक्रमा गर्दै नजिी विधालयका सन्चालक र सरोकारवाला निकायलाइ खबरदारी गर्ने साहले बताए ।

यसअघि गत शनिबार सम्पन्न अभिभावकहरुको भेला गठन गरेको अभिभावक संघर्ष समितिले तीन दिन अघि पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगन्ज महानगरपालिकाका मेयरलाइ १४ बुदे ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।

Related posts

वीरगन्जको थारु छात्राबासमा ४५ लाखकाे लागतमा नयाँ भवन बन्दै

MadhesKhabar

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु हुँदै, बढी शुल्क लिने निजी विद्यालयमाथि कडा निगरानी

MadhesKhabar

वीरगन्ज महानगरद्वारा लोकसेवाको तयारीका लागि निशुल्क कक्षा सन्चालन

MadhesKhabar

Leave a Comment