Madhes Khabar
विचार साहित्य

नमस्ते, प्रणाम…!

उमाशङ्कर द्विवेदी दधीचि

उमाशङ्कर द्विवेदी दधीचि
बाटोमा हिडि रहदा वा घरमा आएका अतिथी अथवा आफू कुनै अपरिचित ठाँउमा गएर कोही मान्छेलाइ भेट्नु पर्दाको बखतमा हाम्रो मुखबाट अनायास निस्कि हाल्छ–नमस्कार, नमस्ते, प्रणाम, तथा पावलागि ।
औपचारिक अभिवादनका यि पूर्विया शब्दहरु हुन । पश्चिी सभ्यतानुसार यसकोलागि–हाय, हेलो जस्ता शब्दहरु पाइन्छन जसमा वास्तवमा भन्ने हो भने वजन हुदैन, फगत औपचारिकता निर्वाहको साधारण अभिव्यक्ति जस्तो मात्र हुन्छ ।आजको इलेक्ट्रोनिक युगमा मान्छेहरुको कार्य व्यस्तता बढ्दो छ, अपरिचित मान्छेको त कुरै छाडि दिउं, परिचित वा आफन्त पनि भेंट भएको बेलामा रोकिएर औपचारिक अभिवादन, अभिनन्दन तथा कुशल क्षेम आदान प्रदान गर्ने फुर्सद् पनि मान्छेसंग अभाव रहेको देखिन्छ ।
के हो अभिवादन र यो किन गर्न जरुरी छ ? त भन्दा हाम्रो पूर्विय दर्शन अनुसार प्रकृतिको कण कणमा इश्वरको वास रहन्छ तथा अभिवादन हामीले परिचित वा अपरिचित मान्छेलाइ मात्र न गरेर त्यस मान्छे भित्र रहेको इश्वरिय शक्तिलाइ नमन वा अर्चनको प्रतीकको रुपमा गरिन्छ ।
प्रकृतितात्मक प्रत्येक भूतमा इश्वरको उपस्थिति रहन्छ भन्नेकुराको पुष्टि श्रीमद् भागवत महापुराणको निम्नलिखित श्लोकले गरेको पाइन्छ–तेजः श्रीः कीर्तिरैश्वर्यं ¥हीस्त्यागः सौभगं भगः । वीर्य तितिक्षा विज्ञानं यत्र यत्र स मेंऽशकः ।। (श्रीमद् भा. म. पु., स्क. ११, श्लो.४०) अर्थात् जसमा तेज, श्री, कीर्ति, ऐश्वर्य, लज्जा, त्याग, सौन्दर्य, सौभाग्य, पराक्रम, तितिक्षा तथा विज्ञानआदि श्रेष्ठ गुणहरु छन, त्यो जम्मै मेरो अंश हो ।
यस विष्यलाइ थप पुष्टि गर्दै गीतामा भगवान कृष्ण अर्जुनलाइ भन्नु हुन्छ–बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् । बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् । (गीता, अ. ७, श्लो.१०) अर्थात् हे अर्जुन, प्रकृतिका सम्पूर्ण भूतको सनातन बीज मै हुं । म बुद्धिमानहरुको बुद्धि तथा तेजस्वीहरुको तेज हुं ।
फेरि नवम अध्याय गीतामा कृष्णजीले भन्नु हुन्छ–गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणंसुह्त् । प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम् ।।(गीता, अ.९, श्लो.१८) अर्थात् प्राप्त हुन योग्य परम धाम, भरणपोषण कर्ता,सबैका स्वामी, शुभाशुभको निरिक्षणकर्ता, प्रत्युपकार न लिएर हित गर्ने, सबैको उत्पति प्रलयहेतु, स्थितिको आधार,निधान र अविनाशी कारण (बीज) पनि म नै हुं । यस उक्तिलाइ अझ शसक्त रुपमा स्पष्ट पार्दै दशौं अध्यायमा भगवान कृष्ण भन्नु हुन्छ–ऐश्वर्ययुक्त, कान्तियुक्त तथा शक्तियुक्त जति पनि पदार्थहरु प्रकृतिमा छन ती जम्मै मेरो तेजको नै अंस हुन ।
भगवान स्वंले यस्ता वचनहरु भने पछि हाम्रो दर्शनले कण कणमा ईश्वरको उपस्थितिलाइ स्वीकार गरेको पाइन्छ । त्यसै कारणले गर्दा प्रत्येक जन, जानवर तथा जड्डम हाम्रो जीवन दर्शन अनुसार वन्दनिय र अभिनन्दनिय रहेका छन । श्रीमद् भागवतको एक कथा अनुसार दैत्य हिरण्यकशिपुले कण कणमा भगवानको उपस्थितिका बारेमा आफ्नो छोरा प्रह्रलादसित शंका गरेका थिए–यस्त्वया मन्दभाग्योक्तो मदन्यो जगदीश्वरः । कवा्सौ यदि स सर्वत्र कस्मात् स्तम्भे न दृश्यते ।। श्री मद् भा.म.पु., सप्तम स्कन्ध, श्लो.१३) अर्थात् म बाहेक तिमीले चारैतिर भगवान छ भन्छौ भने तेरो भगवान यस खम्भामा किन देखिदैन ? यति भनेर हिरण्यकशिपुले खम्भालाइ एक मुक्का के हानेका थिए कि–अदृश्यतात्यदभूतरुपमुद्वहन सतम्भे सभायां न मृगं न मानुषम् ।।(श्रीमद् भा. म. पु., स्क. ७, श्लो.१८) अर्थात् आफ्नो व्यापकता संसारलाइ देखाउनका निम्ति सभामा त्यस खम्भाबाट विचित्र रुप धारण गरेर भगवान प्रकट भए । त्यो रुप न मानवको थियो न सिंहको थियो । अतः हामी जस्ता साधारण मानिसले ईश्वरको सर्वव्यापकता मान्नु पर्ने हुन्छ तथा मानिसमा त्यसै पकिल्पना बमोजिम ईश्वरको उपस्थिति मानेर अभिवादनगर्नु पर्ने हुन्छ ।
अभिवादन गर्नाले पुरुषको चारवटा कुराको निरन्तर वृद्धि भइ रहन्छ–अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः । चत्वारी तस्य वद्र्धन्ते आयुर्विद्या यशो बलम् (म.स्मृ., ख.२, श्लो.१२१) । अतः हामी परिचित,् अपरिचित, जेठो, कान्छो तथा सम्पूर्ण भूत प्रति अभिवादनशील हुनु पर्द छ । मान्छे अभिवादनशील भए पछि विश्व बन्धुत्व, सौहार्द तथा यशको वृद्धि भइरहन्छ जसको कारणले श्रूतिउक्त आर्ष वाक्यको यथेष्ट सम्पोषण हुन्छ –बसुधैव कुटुम्बकं । अझै सम्भव भए मान्छेले एकअर्काको सुख दुख तथा कुशल क्षेमको समाचारको आदान प्रदान गरि दिंदा आत्मियता झन चुलिएर आउदछ जसले मान्छेलाइ परम सुख तथा संतोष प्रदान गर्नमा सहायक हुन्छ । यसो गर्दा आफनो जाने केहि होइन, मान्छे मान्छेसितको माया प्रिती बढ्दछ नै । त्यसैले बाटोमा भेटिने, कसैको घरमा कार्य विशेषले गएमा वा परिचित÷अपरिचित जो कसैले पनि नमस्ते, प्रणाम..! आदि जस्ता औपचारिक अभिवादन सम्बोधन गर्नमा कञ्जुस्याइ न गरौं है…!

स्तम्भकार उमाशङ्कर द्विवेदी दधीचि, संस्कृतिविद् एंव नेपाल भोजपुरी प्रतिष्ठानको अध्यक्ष पनि हुनुहुन्छ

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

नेपाल भारत सम्बन्धमा मोदी र देउवा कालमा आएको सुधार

MadhesKhabar

Leave a Comment