
माधुरी महत्तो
वीरगन्ज,१३ बैशाख : पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा पत्रकार लालबाबु बानियाले उम्मेदवारी दिएका छन् ।
विगत अढाइ दशक देखि पर्साको ग्रामीण क्षेत्रमा रहेर पत्रकारीता गर्दै आएका बानियाले नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।
पत्रकारिताका माध्यमबाट समाजिक क्षेत्रमा काम गर्दै आएकोमा अब जनप्रतिनिधी बनेर जनताको हरेक सुखदुखमा साथ दिने उदेश्यले आफुले वडा अध्यक्षमा उम्मेदवारी दिएको बानियाले बताए ।
राजनीतिक दलका नेताले गर्न नसकेका काम आफुले जनताका बिचमा रहेर गरेकोले आफुलाइ जनताले साथ दिने विश्वास लिएको उनले बताए ।
धोबिनी गाँउपालिका ४ लङगडी गाँउका स्थानीयवासी पत्रकार बानिया , पोखरीयाबाट प्रशारण हुदै आएको आकास एफएमका प्रबन्ध निर्देशक पनि हुन् ।
नेपाल पत्रकार महासंघ पर्साका साधरण सदस्य समेत रहेका बानियाले वीरगन्जबाट प्रशारण हुने सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज , दैनिक पत्रिका सत्यसंदेश दैनिक , जनकपुरबाट प्रकाशन हुने जनकपुर टुडे पत्रिका , मध्यप्रदेश दैनिक, पनि कार्यरत थिए ।
धोबिनी गाँउपालिकाकै उपाध्यक्षमा अर्का पत्रकार आरके पटेलले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

