Madhes Khabar
स्थानिय

वीरगन्जका फोटोग्राफर पौडेल तथा सञ्चारकर्मीद्वय साह काठमाडौंमा सम्मानित

काठमाडौं,९मंसिर: २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले वीरगन्जका फाेटाे पत्रकार तथा सञ्चारकर्मीलाई अभिनन्दन तथा सम्मानित गरेको छ। काठमाडौँमा शनिबार आयोजि कार्यक्रममा फोटोग्राफर मनिस पौडेल तथा सञ्चारकर्मीद्वय ध्रुब साह र श्रवण साह सम्मानित भएका हुन्।

हरके वर्ष कात्तिक २६ गते पर्सा दिवस मनाउने गरेकोमा यस वर्ष कात्तिक २६ गते लक्ष्मी पूजा पर्न गएकोमा मंसिर ९ गते शनिबार कार्यंक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए।

फाेटाे पत्रकार पौडेलले विविध अन्र्तगतको डिजिटल सञ्चार माध्यम अन्तगर्त पुर्याएको योगदानको लागि उनलाई सम्मानित गरिएको गुप्ताले बताए। पौडेल गत १८ वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छन्।

यसबाहेक, शिक्षा अन्तरगत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेश तिवारी, स्वास्थमा स्त्री रोग विशेषज्ञ डा. अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रुपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम, पत्रकारितातर्फ रेडियो वीरगन्जका अध्यक्ष ध्रुब साह, भाेजपुरी टाइम्सका प्रकाशक श्रवणलसाह लगायतकालाई सम्मानित गरिएको हाे।

कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मान पत्र प्रदान गरेका थिए भने, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए।

Related posts

वीरगन्जमा हैजा नियन्त्रणका लागि महानगरका मेयर सिंह सक्रिय

MadhesKhabar

राष्ट्रपतिको राजिनामा माग्दै वीरगन्जमा वाइसियलको प्रदर्शन

MadhesKhabar

पर्सामा हावाहुरीले व्यापक क्षति :जस्ताले काटेर एक बृद्धकाे मृत्यु, टावरले च्यापेर एक घाइते

MadhesKhabar

Leave a Comment