Madhes Khabar
स्थानिय

पर्साकाे मसिहानीमा घरभित्रै भेटियाे घाँटी रेटिएकाे अवस्थामा महिलाकाे शव

सांकेतिक फोटो

वीरगन्ज ,३असाेज: पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलबार साँझ ५ बजेको समयमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएकाे हाे । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएकाे केसीले बताए।
बिनका दुई जना छोरा र तिन छोरी छन् । यद्यपि छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको  केसीले जानकारी दिए ।
मृतक बिनलाई मंगलबार  दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि  वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।
प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शङ्काको आधारमा केही व्यक्तिमाथि प्रहरीले निगरानी पनि बढाएको केसीले बताए ।

Related posts

वीरगन्ज: माेटरसाइकल दुर्घटनाका मृतक दुवै जनाकाे पहिचान खुल्याे

MadhesKhabar

मन्त्री यादवलाई भेटेर मेयर सिंहले वीरगन्जमा विद्यमान पानीकाे समस्या समाधानका लागि गरे आग्रह

MadhesKhabar

वीरगन्जमा दिउँसै गाेली प्रहार, महिला घाइते,गाेली हान्ने भारतीय हतियारसहित पक्राउ

MadhesKhabar

Leave a Comment