Madhes Khabar
राजनीति

सांसद कानुको आफ्नै वडा वीरगन्ज–१० मा रास्वपाको वडा समिति गठन, सभापतिमा सन्तोष साह सर्वसम्मत चयन

वीरगन्ज,३जेठः वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समिति गठन गरिएको छ । शनिबार सम्पन्न वडा भेलाले सन्तोष कुमार साह कानुको सभापतित्वमा वडा कार्यसमिति गठन गरेको हो ।

समितिको उपसभापतिमा मुकेश कुमार गुप्ता,सचिवमा सुमेश्वर साह तथा सदस्यहरूमा मनिष कुमार सरार्फ, सोनु गुप्ता, विकास साह सोनार, प्रेम गुरुङ, मन्जु कलवार ,खुशी श्रेष्ठ र ज्योति कुमारी सोनारिन चयन भएका छन्। यस्तै महिला दलित सदस्यमा जया कुमारी देवी चयन भएकी छन्।यसैगरी सल्लाहकार समितिमा दिपेन्द्र कुमार सिंह, रमइ साह कानु र योगेन्द्र प्रसाद कानु चयन भएका छन्।

प्रतिनिधि सभा सदस्य सुशील साह कानुको आफ्नै वडा समेत रहेको वडा नम्बर १० मा शनिबार सम्पन्न वडा भेलामा रास्वपाका मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद राय माझी, मधेस प्रदेश खेलकुद विभागका सभापति आनन्द प्रसाद कानु, पर्सा जिल्ला सदस्य प्रियंका पटेल, वीरगन्ज महानगर सदस्य सन्दिप कुशवाहा, क्षेत्रीय सचिव किशन प्रसादको समेत उपस्थिति रहेको थियो।

 

Related posts

पर्सा १ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

MadhesKhabar

विपक्षीलाई लक्षित गर्दै मेयर सिंहले भने : अभि तो सिरिफ चौका मारा है ,छक्का मारना तो बाँकी हैं

MadhesKhabar

कांग्रेस,एमाले छाड्दै जसपामा प्रवेश गरेकाहरुलाई वीरगन्जका मेयर सिंहले गरे पार्टीमा स्वागत

MadhesKhabar

Leave a Comment