Madhes Khabar
समाचार

वीरगन्ज नाका हुदैं भारत प्रवेश गर्दै गरेका शंकास्पद चिनीया नागरिक मितेरी पुलबाट पक्राउ


तस्बिर : दीपक अग्निरथ

वीरगन्ज,३जेठः वीरगन्ज नाका हुदैं शंकास्पद रुपमा भारत प्रवेश गर्दै गरेको एक चिनीया नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।नेपाल भारत सीमाको मितेरी पुलबाट एसएसबीले ५७ वर्षीय चिनिया नागरिक याओ शुझांगलाई नियन्त्रणमा लिएको हो ।

गत शुक्रबार वीरगन्ज नाका हुदैं रक्सौल जाँदै गरेको अवस्थामा शुझांगलाई एसएसबीले रोकेर सोधपुछ गर्दा उनको साथामा पासपोर्ट भएपनि भारत प्रवेशका लागि भिसा भने नरहेपछि नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा , एसएसबीको नियन्त्रणमा रहेका चिनीया नागरिक शुझांगले आँफु खेलौनाका सामानको व्यपारी रहेको बताएका छन् । उनको साथबाट लड़ाकू विमान स्पाइडर मैंन मुखौटा सहितका खेलौना पनि बरामद भएको एसएसबीले जनाएको छ ।

गत मे ११ तारिकमा काठमाडौं पुगेका उनि चितवन पुगेको र त्यहाँबाट उनि वीरगन्ज आएर शंकराचार्य गेट हुदैं गत शुक्रबार रक्सौल प्रवेश गर्न लागेका बेला एसएसबीले मितेरी पुलबाट नियन्त्रणमा लिएको हो ।एसएसबीको नियन्त्रणमा रहेका शुझांगले चाइनीज भाषामात्रै बोलिरहेका कारण अनुसन्धानमा कठिनाई भइरहेको रक्सौल एडीपीओ मनीष आनन्दले बताए ।

Related posts

पर्साको सिडिओ अफिसमा अख्तियारको छापा , घुस सहित एक कर्मचारी पक्राउ

MadhesKhabar

वीरगन्जमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आइजीपी कार्कीले गरे उद्घाटन

MadhesKhabar

साउनको दोश्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा धान किसान चिन्तित

MadhesKhabar

Leave a Comment