Madhes Khabar
समाचार

वीरगन्जमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आइजीपी कार्कीले गरे उद्घाटन

वीरगन्ज,३०वैशाखः वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बुधबार उद्घाटन गरिएको छ ।

संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी) मार्फत निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताए। उनले पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा पनि व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, पर्साका प्रहरी उपरीक्षक सुदीप्राज पाठक , राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना, संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालयका सञ्चालन संयोजक इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय, लैङ्गिक समानता तथा सामाजिक समावेश अधिकारी कृति थापा ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

पर्साकाे पटेर्वा सुगाैलीमा प्रहरीद्वारा गाँजा खेती नष्ट

MadhesKhabar

तीनकुने प्रदर्शनमा मारिएका सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

MadhesKhabar

पर्सामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment