
प्रमोद यादव
वीरगन्ज,४माघ:पर्सामा गाँजा खेती नष्ट पार्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको दिएको छ । यसैक्रममा आज(शुक्रबार )पनि प्रहरीले पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ र ४ मा पर्ने बेलवा र भथाैडामा गरि ७ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र मातहतका प्रहरी पोष्टबाट खटिएको टोलीले गाँजाको बोट फडानी गरेर नष्ट गरेको हो ।
पर्साका विभिन्न स्थानमा लुकिछपी गाँजाको खेती भइरहेको सुचना आएपछि प्रहरीले फेरि केहिदिन यतादेखि अभियान नै चलाएर गाँजा खेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए ।

