Madhes Khabar
राजनीति हेडलाइन

बारा जिल्ला समिति बिघटन गर्ने रास्वपाकाे निर्णय, १५ जनाकाे सदस्यता पनि खारेज

काठमाडौं,२७ वैशाख:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

 

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकले मधेस प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय पनि गरेकाे छ।साथै बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णयसमेत गरेको झाले जानकारी दिए ।

यस्तै, बैठकले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्नुका साथै विभिन्न विभाग तथा तहमा नयाँ जिम्मेवारीसमेत तोकेको छ ।रास्वपाले पार्टी केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने जनाएको छ ।

Related posts

वीरगन्जकाे अठराहाँमा दादुरा राेगकाे प्रकाेप

MadhesKhabar

राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

MadhesKhabar

बझाङ–१ को प्रदेशसभा सदस्यमा एमालेका भण्डारी विजयी

MadhesKhabar

Leave a Comment