Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

जनकपुरधाम, २७ वैशाखःजनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार दलले गरेका छन् ।

आइतबार बसेको कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

कांग्रेससहित सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् ।गत वैशाख २२ गते जनमत पार्टीले मधेस सरकारबाट समर्थन फिर्ता लिएको थियो ।साभारःअनलाइखबर

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

MadhesKhabar

राष्ट्रिय सभा सदस्यका लागि मधेसबाट पर्साकी उषा थरुनीसहित पाँच जना उम्मेदवार

MadhesKhabar

Leave a Comment