Madhes Khabar
शिक्षा

एसईईको रिजल्ट पर्सि सार्वजनिक गर्ने तयारी

काठमाडौं, २७ वैशाखः माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट (नतिजा) पर्सि (मंगलबार) सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

परीक्षा बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, ‘सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए २ दिनभित्र नतिजा प्रकाशित गर्छौं ।’

यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन्।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको थियो । माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष जुन केन्द्रमा परीक्षा दिइयो सोही सेन्टरमा उत्तरपुस्तिका जाँच भएको थियो ।

Related posts

सदरमुकाम कलैयामै डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

MadhesKhabar

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल विद्यार्थीहरु अभिभावक संघबाट सम्मानित

MadhesKhabar

गर्मीका कारण बन्द रहेका वीरगन्जका विधालयहरु खोल्न अभिभावकहरुको माग

MadhesKhabar

Leave a Comment