Madhes Khabar
पर्यटन

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वाइल्ड लाइफ रेस्क्यु टिम’

वीरगन्ज, २६ वैशाखः साताअघि बाराको निजगढ बजारमा राजमार्गमा एक बाँदर घाइते अवस्थामा रहेको सूचना पाएपछि पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयस्थित ‘वाइल्ड लाइफ रेस्क्यु टिम’ तत्कालै घटनास्थलमा पुग्यो । बाँदरको उपचार गरेर टोलीले प्राकृतिक बासस्थानमै छोडिदियो ।

वैशाख पहिलो साता वन्यजन्तु सप्ताह मनाउने क्रममा निकुञ्ज प्रशासनले कार्यालयमा यो टिम स्थापना गरेको हो । यसअघि कुनै वन्यजन्तुको उपचार गर्नु परे राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीलाई बोलाउनु पर्ने अवस्थाको अब अन्त्य भएको छ ।

निकुञ्ज प्रशासनले यस्तो टोली परिचालन गर्न थालेपछि वन्यजन्तुको उद्धार तथा उपचारमा समेत सहजता भएको छ । निकुञ्ज कार्यालयका संरक्षण एवम् सूचना अधिकृत सन्तोषकुमार भगतले उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालक तथा आवश्यकता अनुसार थप कर्मचारी पनि परिचालन हुने गरेको जानकारी दिए । ‘सूचना पाउना साथ उद्धार टोली पर्सा,बारा, मकवानपुर, रौतहटसम्म पनि परिचालन हुने गरेको छ,’ उनले भने, ‘वन्यजन्तुको उद्धार र उपचारमा निक्कै सहजता भइरहेको छ ।’

यसअघि चैतसम्ममा निकुञ्ज प्रशासनले राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाको प्राविधिक टोली समेतको सहयोगमा निकुन्जको बिभिन्न स्थान तथा निकुञ्ज आसपासका क्षेत्रबाट समेत गरी १ पाटेबाघ, ६ चित्तल, १ सय बढी गोमनसहितका सर्प, २५ किंग कोब्रा, १५ अजिंगर, १ सालक, र निलगाई समेत अन्य ३ वन्यजन्तुको उद्धार तथा उपचारपछि प्राकृतिक बासस्थानमा छोडिसकेको छ ।

यो निकुञ्जमा महेन्द्र तथा त्रिभुवन राजपथ पनि पर्ने र यी राजमार्गका सवारी साधनको अत्यधिक चाप रहने गरेकाले सवारी साधनकै ठक्करमा पनि थुप्रै वन्यजन्तु पर्ने गरेका छन् । चालु आवमा हालसम्म सवारी साधनको ठक्कर तथा अन्य कारणले निकुञ्जमा १ चितुवा, २ जरायो, ५ चित्तल, १५ बादर र ३ अन्य वन्यजन्तु मरेका गतले जानकारी दिए । यस्ता घटना न्यूनीकरण गर्न वन्यजन्तु सप्ताहमा सवारी चालक, सहचालक तथा ट्राफिक प्रहरीलाई सचेतना गराउने गरिएको उनले बताए ।शंकर आर्चाय /कान्तिपुर

Related posts

१८ घण्टा उडान सेवा संचालन गर्न नसक्ने भन्दै आन्तरिक उडानका वायुसेवा कम्पनीको चेतावनी

MadhesKhabar

ठोरीमा १२ बर्षदेखि अलपत्र भ्यू–टावर निर्माणको काम पुन सुरु

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या बढ्दै

MadhesKhabar

Leave a Comment