Madhes Khabar
पर्यटन

१८ घण्टा उडान सेवा संचालन गर्न नसक्ने भन्दै आन्तरिक उडानका वायुसेवा कम्पनीको चेतावनी

मधेशखबर

वीरगंज ,बैशाख १५ ,२०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मात्रै गरेको १८ घण्टे उडान सम्बन्धि सेवा दिने निर्णय कार्यान्वयन नहुने भएको छ । आन्तरिक उडानका वायुसेवा कम्पनीले उतm निर्णय कार्यान्वयन नहुने अवस्था रहेको जनाएको छ । राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने समेत कम्पनीले चेतावनी दिएको हो । वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरु सदस्य छन् ।प्राधिकरणको तालिका अनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेकोले उतm निर्णय कार्यान्वयन गर्न नसकिने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।

Related posts

प्रवर्द्धन हुन सकेन मधेस प्रदेशको एकमात्र निकुञ्ज ‘पर्सा राष्ट्रिय निकुञ्ज’

MadhesKhabar

पर्साको ठोरी : ‘पर्यटकीय क्षेत्र’ घोषणामै सीमित, मधेस सरकारले दिएन बजेट

MadhesKhabar

प्रचार प्रसार नहुदा पर्सा राष्ट्रिय निकुन्ज ओझेलमा

MadhesKhabar

Leave a Comment