Madhes Khabar
पर्यटन हेडलाइन

ठोरीमा १२ बर्षदेखि अलपत्र भ्यू–टावर निर्माणको काम पुन सुरु

वीरगन्ज,१२फाल्गुनः पर्साको ठोरी गाँउपालिका वडा नम्बर २ गोलेडाँडामा १२ बर्ष देखि अलपत्र रहेको अधुरो भ्यू–टावरको निर्माण कार्य पुन सुरु गरिएको छ ।निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिको आन्तरिक स्रोतवाट अधुरो भ्यू–टावरको निर्माण कार्य पुन सुरु गरिएको समितिका अध्यक्ष बाल कुमार बस्नेतले बताए ।

१२ बर्षपहिले भ्यू–टावर निर्माणको काम सुरु गरिएको र ३० लाख रुपैयाँ खर्च भइसकेको भएपनि निर्माण कार्य सम्पन्न नहुदाँ अधुरो रहेको थियो । पर्यटकीयस्थल ठोरी उपत्यकाको प्राकृतिक मनोमहक सुन्दर दृष्य देख्न मिल्ने गरि गोलेडाँडामा १२ वर्षपहिले भ्यू–टावर निर्माणको काम थालिएको थियो । अधुरो काम सम्पन्न गर्नका लागि अहिले समितिको आन्तरिक स्रोतवाट चार लाख विनियोजित गरिएको अध्यक्ष बस्नेतले बताए ।

ठोरीको एक प्रमुख पर्यटकीयस्थल गोलेडाँडाको समग्र विकासका लागि डिपिआरपनि बनाउने तयारी भइरहेको र यसमा सहयोग गर्न ठोरीका जनप्रतिनिधी, राजनितिक दल, संघसंस्था, होटेल व्यवसायीलाई आग्रह गरिएको अध्यक्ष बस्नेतले बताए ।

Related posts

कलैयामा पनि महिलाहरुले निकाले अनुपम यात्रा : ‘अबको चुनावमा महिला पहिला’

MadhesKhabar

छठको उल्लास, बढ्दै छठी माईको महिमा

MadhesKhabar

नेपालमै पहिलो पटक ड्रोन प्रयोग गरेर पर्सामा गरियो जग्गाको नापजाँच

MadhesKhabar

Leave a Comment