Madhes Khabar
स्वास्थ्य

चितवनमा बिहे भोज खाँदा ३० भन्दा बढी बिरामी

चितवन,२५वैशाख : चितवनमा बिहे भोज खाएका ३० जना भन्दा बढी व्यक्ति बिरामी परेका छन् । गत बुधबार दिउँसो भरतपुरस्थित एक पार्टी प्यालेसमा आयोजित बिहे भोजमा सहभागी पाहुनाहरुमा स्वास्थ्य समस्या देखिएको हो ।

बिरामी परेकामध्ये धेरैजना भरतपुरका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार बिहीबार दिउँसोदेखि बिरामीहरु अस्पताल भर्ना हुन थालेका हुन् । हाल भरतपुर अस्पतालमा मात्रै १५ जना भन्दा बढी बिरामी उपचाररत रहेका छन् । उनका अनुसार बिरामीहरुको अवस्था सामान्य रहेको छ । सबैको आवश्यक उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने लगायतका समस्या देखिएको छ । केही बिरामी चितवन मेडिकल कलेजसहित अन्य निजी अस्पतालमा पनि उपचार गराइरहेका छन् । चितवन मेडिकल कलेजमा समेत १० जना भन्दा बढीको उपचार भइरहेको जनाइएको छ ।

बिरामी बिपिन पाठकले भोजमा सहभागी अन्य साथीहरु पनि बिरामी परेको जानकारी दिए । केही व्यक्ति घरमै आराम गरिरहेको उनले बताए । आफूलाई ज्वरो आउने र लगातार पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना हुनुपरेको उनले बताए । घटनाबारे स्वास्थ्यकर्मीहरुले भोजमा सेवन गरिएको खानाको नमुना परीक्षण गर्ने तयारी गरेका छन् । खाद्य विषाक्तता भएको आशंकामा थप अनुसन्धान भइरहेको जनाइएको छ।साारःसौराहा अनलाइन

Related posts

बाराको खोपवामा नेशनल मेडिकल कलेजद्वारा रक्तदान र निःशुल्क शिविर आयोजना

MadhesKhabar

मधेस सरकारले शहीद परिवारको स्वास्थ्य बीमा गर्ने

MadhesKhabar

सरकार परिवर्तनसँगै नारायणी अस्पतालमा सेवा पनि परिवर्तन

MadhesKhabar

Leave a Comment