Madhes Khabar
शिक्षा

नेशनल मेडिकल कलेजमा आयाेजित ‘इन्टरमेडिकल बेसिक साइन्स क्विज’ मा महाराजगन्ज मेडिकल कलेज प्रथम

वीरगन्ज, २०वैशाख:वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आयोजना गरेकाे ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगितामा काठमाडौंकाे महराजगन्ज मेडिकल कलेज प्रथम भएको छ।

शनिबार कलेजको आफ्नै सभाहलमा आयोजित उक्त प्रतिस्पर्धामा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए।

देशभरका ११ वटा मेडिकल कलेजबाट ६८ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा महाराजगन्ज मेडिकल क्याम्पस प्रथम हुन सफल भएको हाे। त्यसैगरी, पाटन एकेडेमी अफ हेल्थ साइन्स दोस्रो र बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स तेस्रो भएको छ।

 

विजेताहरूलाई क्रमशः प्रथमलाई ५० हजार, दोस्रो २५ हजार र तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेडिकल कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिए।

 

नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको प्रमुख आतिथ्यतामा आयाेजित प्रतियाेगितामा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, नेपाली सेनाका कर्णेललोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्का लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

शिक्षक आन्दोलनका कारण पर्सामा विद्यार्थी भर्ना अभियान प्रभावित,विद्यालयहरुमा पठनपाठन ठप्प

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिलबन्दी

MadhesKhabar

बाराको प्रस्टोकामा पूर्वमन्त्री सोनलले गरे विद्यालय भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment